प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू

Nepal Cover
१० चैत्र २०८१, सोमबार
image

 काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आब्हानमा ३ दलका शीर्ष नेताको बैठक सुरू भएको हो ।

समसमायिक राजनीतिक बिषयसहित मुख्यतयाः संक्रमणकालिन न्यायका विषयमा सो छलफल केन्द्रित हुनेछ ।  सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शीर्ष नेताको बैठक बसिरहेको हो ।

सिंहदरबारमा सुरु भएको बैठकमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री ओली र कानुनी सल्लाहकार अग्निप्रसाद खरेल, कांग्रेसवाट सभापति देउवा र गृह मन्त्री रमेश लेखक तथा माओवादीवाट अध्यक्ष प्रचण्ड, शक्ति बस्नेत, खिमलाल देवकोटा सहभागी रहेका छन् ।   

प्रमुख तीन दलका नेता यसअघि नै छलफलमा बस्न खोजेका थिए। तर माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित ‘तराई–मधेस जागरण अभियान’ चलाइरहेकाले सम्भव भएको थिएन।