‘एक हप्ताभित्र तलब नदिए सबैलाई टुकुचामा गाडिदिन्छु’ : बालेन

Nepal Cover
११ चैत्र २०८१, मंगलवार
image

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले महानगरका सरसफाइ कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएको भन्दै सरकारप्रति कडा आक्रोश पोखेका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले एक हप्ताभित्र तलब नआए गम्भीर कदम उठाइने चेतावनी दिएका हुन् ।

उनले भनेका छन्- 

काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो !!

बालेनको यो आक्रोशित प्रतिक्रिया काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको विषयमा पटक–पटक उठेका विवादसँग जोडिएको छ।