सरकारको पत्रको प्रतीक्षामा छौँ : अदालत जान्छु कुलमान घिसिङ

Nepal Cover
११ चैत्र २०८१, मंगलवार
image

काठमाडौं ।   नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमान घिसिङले बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको  छ । 

बर्खास्तको औपचारिक पत्र प्राप्त भएपछि सरकारको निर्णयविरुद्ध अदालत जाने तयारी उनले गरेका छन्। 

‘हामी सरकारको पत्रको प्रतीक्षामा छौँ’, ‘पत्र प्राप्त भइसकेको छैन, प्राप्त भएपछि अदालत जाने प्रक्रिया अघि बढ्छौँ ।’ 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई ल्याएको छ। 

देशलाई लोडसेडिङ मुक्त बनाएको भन्दै नागरिकबाट वाहवाही पाइरहेका कुलमानलाई ओली नेतृत्वको सरकारले एकाएक प्राधिकरणबाट हटाएपछि मुलुकभर आक्रोश बढेको छ।