काठमाडौँ । भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने भएको छ । यो विषयमा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहमति जुटेको छ ।
बुधबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा अध्यादेशमा आएका विषयलाई अब नयाँ विधेयकका रूपमा अगाडि बढाउने सहमति भएको एक नेताले जानकारी दिए ।
‘भूमिसम्बन्धी अध्यादेशमा भएका रिजर्भेसनलाई सम्बोधन गर्दै नयाँ विधेयक ड्राफ्ट गरेर संसद्मा लैजाने सहमति भएको छ,’ , ‘रेगुलर प्रक्रियाबाट अब विधेयक अगाडि बढ्छन् ।’
जसपा नेपाल, लोसपासहितका दलको चासो भएको भन्दै घिमिरेले उनीहरूको मागलाई सम्बोधन गरेर अगाडि बढ्ने समझदारी भएको जानकारी दिए ।
‘अध्यादेश फिर्ता नलिए पनि अब १८ गतेदेखि स्वतः निष्क्रिय हुन्छ,’ ‘उहाँहरूका चासोलाई विधेयकमा सम्बोधन गरेर जानेबारे प्रधानमन्त्रीले थप स्पष्ट पार्नुभएको छ । त्यसैले फरक चासोलाई सम्बोधन गरेर जाने स्थितिको बनेको छ ।’
अरु पाँचवटा अध्यादेशमा दलहरूबीच सहमति जुटेको थियो ।
तर भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपाल, लोससासहितका दलले प्रश्न उठाएपछि सरकारले अरु अध्यादेश प्रतिस्थापन विधेयकमार्फत अगाडि बढाएको थियो ।
बालुवाटारमा भएको सत्तापक्षको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू उपस्थित छन् ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी छन् ।