सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Nepal Cover
१४ चैत्र २०८१, शुक्रबार
image

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे सुरु हुनेछ । 

प्रतिनिधिसभा बैठकमा बैंकिङ्ग कसूर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै पूर्वाधार विकास समितिका माननीय सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने र  ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यस्तै, दिउँसो १:१५ मिनेटमा बस्ने राष्ट्रिय सभाको आजको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।