राजावादीले खोसे सुरक्षाकर्मीको बन्दुक

  Sampatti News Online

March 28, 2025

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

राजावादी समर्थकलाई प्रदर्शन गर्न काठमाडौँ प्रशासनले तीनकुने क्षेत्र तोकेको थियो । तर, प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर बानेश्वतर्फ अघि बढेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । प्रहरीले रोकेपछि प्रदर्शनकारीले उनीहरूमाथि नै ढुंगामुढा प्रहार गरेका थिए ।

प्रहरीमाथि आक्रमण हुन थालेपछि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको थियो । प्रहरीले अश्रुग्यास प्रहार गर्न प्रयोग गर्ने गन नै प्रदर्शनकारीले खोसेर भागेका छन् । तीनकुनेमा प्रदर्शनकारीले व्यक्तिको घरमा ढुंगामुढा गर्नुका साथै आगजनी पनि गरेका छन् ।

प्रकाशित मिति:March 28, 2025