प्रधानमन्त्रीले बाेलाए साँझ ७ बजे सर्वदलीय बैठक

  Sampatti News Online

March 30, 2025

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक साँझ ७ बजे सिंहदरबारमा बस्नेछ ।

सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।

गत शुक्रबार तीनकुने घटनाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

यसैवीच प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा संवाद गरेका छन् । संवादमा प्रधानमन्त्री ओलीले संसद खुलाउन आग्रह गरेकाे बुझिएकाे छ ।

कुलमान प्रकरणका बिषयमा प्रधानमन्त्रीले जवाफ दिन तयार भएपछि संसद खुलाउन माआवादी तयार  देखिएकाे छ ।

प्रकाशित मिति:March 30, 2025