काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाएको बिषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै ओलीले भने, ‘सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमान्डले काम गर्दैन। विभागीय मन्त्रीको फिलिङ सही कि गलत, त्यसको पनि परीक्षण होला। हुने ठाउँमै होला।’
घिसिङको बर्खास्तीपछि प्रतिपइाी दलहरूले निरन्तर बैठक अवरुद्ध गरेका थिए । उनीहरूले प्रधानमन्त्री ओलीले जवाफ नदिइ संसद् चल्न नदिने अडान यथावत् राखेका थिए । सोही अनुसार प्रधानमन्त्री ओलीले सोमबार संसद्मा जवाफ दिएका छन् ।