इदको अवसरमा यूएईले दियो १६६ जना नेपालीलाई आममाफी

  Sampatti News Online

April 1, 2025

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले पवित्र रमजान महिना र इद पर्वको अवसरमा ११६ जना नेपाली कैदीलाई आममाफी दिएको छ ।

“पवित्र रमजान महिना र इदको पर्वको अवसरमा १६६ नेपाली कैदीलाई आममाफी प्रदान गरिएकामा नेपाल सरकार संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ,” मंगलबार परराष्ट्रले एक विज्ञप्तिमार्फत भनेको छ ।

नेपालीलाई यूएईले दिएको आममाफीलाई नेपालले उच्च मूल्यांकन गरेको परराष्ट्रले जनाएको छ । 

यूएईको अबुधाबीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले अनुरोधमा उनीहरूलाई आममाफी दिइएको परराष्ट्रले जनाएको छ ।

यस्तै, यसअघि कतारले पनि रमजान र इदको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको थियो । आममाफी दिएकोमा परराष्ट्र मन्त्रालयले आभार व्यक्त गरेको थियो ।

प्रकाशित मिति:April 1, 2025