नेपाली सेनाले माग्यो ठूलो संख्यामा दरखास्त (सूचनासहित)

  Sampatti News Online

April 11, 2025

काठमाडौँ ।  नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राविधिक पदमा ४०१ जनाका लागि भर्ना खुलाएको छ ।

सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरूका लागि भर्ना खुलाएको हो ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वैबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् । 

योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति:April 11, 2025