April 11, 2025
काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
शुक्रवार रवि पत्नी निकिता पौडेल आफैं उपस्थित भएर रिट दर्ता गरेको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
गत चैत २२ गते न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।
प्रकाशित मिति:April 11, 2025
April 17, 2025
April 17, 2025