काँग्रेस संसदीय दलको बैठक बस्दै 

Nepal Cover
२० बैशाख २०८२, शनिबार
image

काठमाडौँ। नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएका हुन्।

बैठकमा सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमको समीक्षा, सरकारका कामको समीक्षा, विचाराधीन विधेयक, संसद्‍मा कांग्रेसको रणनीति, आगामी बजेट र समसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ।