सप्तरीको हनुमानगर बाट ठुलो परिमाणको अबैध सुर्ती बरामत

  Sampatti News

October 9, 2020

सप्तरी । सप्तरीको हनुमानगर नगरपालिका ५ बाट सशस्त्र प्रहरीले ठुलो परिमानको अबैध सुर्ती बरामत गरेको छ । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजुु श्रेष्ठको कमान्डमा गोप्य सूचनाको अधारमा खटिएको सादा पोसाकको सशस्त्र प्रहरीले उक्त सम्मान बरामत गरेको हो।

लकडाउनको मौका छोपी तस्करले ठुलो परिमाणको अबैध सुर्ती भन्सार छ्लेर नाउँ डुङ्ग प्रयोग गरी भारत तर्फ लगदै गरेको अबस्थामा कोशी खोलाको पनार बाट सादा पोसाकमा खटिएको प्रहरी बिरेन्द्र साहले उक्त सम्मान पक्राउ गरेका छन्। पक्राउ गरेको सम्मान सुर्ती २० बोरा ,मन्जन गुल्ल ५ बोरा,मटर ,कपडा लगायतका सम्मान बरामत गरेका छन उक्त सम्मान करिब ३ लाख मुल्य बराबरका छन्। पहरी लाई हेर्दा तस्करले सम्मान छाडेर फरार भएको थियो। परामत गरेको सम्मान कुनौली भन्सारमा बुझाएको प्रहरीले जानकारी दिए ।

प्रकाशित मिति:October 9, 2020