शनिबार र आइतबार सेयर कारोबार बन्द, शुक्रबार खुल्ने

Nepal Cover
२३ चैत्र २०८२, सोमबार
image

काठमाडौँ । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएसँगै शुक्रबार पनि सेयर कारोबार खुल्ने भएको छ । 

आइतबार बेलुका बसेको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने निर्णय गरेको हो । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि सोहीअनुसार शुक्रबार सेयर कारोबार खोल्ने निर्णय गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईले जानकारी दिए ।

सिईओ चापागाईंका अनुसार यो निर्णय यही सातादेखि लागू हुने छ । अब आइतबार भने सेयर बजार बन्द रहने छ । आइतबारको साटो शुक्रबार बजार खोल्ने निर्णय भए पनि कारोबार समय भने ११ बजेदेखि ३ बजेसम्म नै यथावत् राखिएको उनको भनाई छ । यसअघि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुँदै आएको थियो ।