सदनमा प्रधानमन्त्रीको खोजीपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख

Nepal Cover
७ जेष्ठ २०८३, बिहीबार
image

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री बालेनको खोजी गरेर विपक्षी दलले पटकपटक प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख डीपी अर्याल प्रधानमन्त्री भेट्न पुगेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच आधा घन्टा छलफल भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी गराएको छ ।

संसद बैठक स्थगित गरी प्रधानमन्त्रीलाई भेट्न पुगेका सभामुख अर्यालले अहिले राजनीतिक दलसँग छलफल गर्ने तयारी गरेका छन् ।