इरानी तेल बोकेका चिनियाँ जहाज रोकिने अमेरिकाको घोषणा

Nepal Cover
२ बैशाख २०८३, बुधबार
image


काठमाडौं । अमेरिकाले चीनलाई इरानबाट तेल लैजान नदिने घोषणा गरेको छ । होर्मुज जलमार्ग हुँदै इरानी तेल ढुवानी गर्ने चिनियाँ जहाजहरूलाई अब अगाडि बढ्न अनुमति नदिइने अमेरिकाले बताएकाे छ ।

अमेरिकी सेनाले मंगलबार दिएको जानकारीअनुसार होर्मुज जलमार्गको नाकाबन्दीका लागि १० हजारभन्दा बढी सैनिक र करिब १२ वटा नौसैनिक जहाज तैनाथ गरिएको छ । नाकाबन्दी लागु भएको पहिलो २४ घण्टाभित्र कुनै पनि जहाजले यो मार्ग पार गर्न सकेनन् । अगाडि बढ्दै गरेका ६ वटा व्यापारिक जहाजहरू पनि अमेरिकी सेनाको निर्देशनपछि फर्किएका छन् ।

यो कारबाही इरानका बन्दरगाहमा जाने वा त्यहाँबाट निस्कने जुनसुकै देशका जहाजहरूमा लागु हुने बताइएको छ । यद्यपि, केही सञ्चारमाध्यमहरूले भने मंगलबार इरानसँग सम्बन्धित चारवटा जहाजहरू यो मार्ग पार गर्न सफल भएको दाबी गरेका छन् ।