खेलकुद परिषदका सदस्य सचिब मेहेता खेलकुद क्षेत्रमा सुधारको डोजर चलाउदै

Nepal Cover
५ जेष्ठ २०८३, मंगलवार
image

काठमाडौं । लामो समय देखि चरम बेथितिको शिकार बन्दै आएको राष्ट्रिय खेलकुद परिषद सरकारका जनमुखी काम गर्ने अर्जुन दृष्टिका किरण खेलकुद क्षेत्रमा प्रत्यक्ष देखिन थालेका छ्न्। प्राप्त जानकारी अनुसार रामचरित्र मेहेता सदस्य सचिबको काबिलपनले राष्ट्रिय खेलकुद परिषदले नयाँ नयाँ योजना ल्याउदै अगाडि बढेको छ।

प्राप्त जानकारी अनुसार पछिल्ला दिनमा उसु महासघमा चरम विवाद देखिएको छ। महासचिव नवराज ढुंगानाको समुह २०७९चैत्र निर्वाचन भएर आएको तर्क सहित एक कार्यकाल थप्नु पर्ने अडानमा देखिएका छन भने भारत्तोलन,टेबलटेनिस ,सुइमिङ्ग खेलको नेतृत्व गर्नेहरू बीच आएको द्वन्दले सदस्य सचिब मेहेतालाई मिलाउन हम्मेहम्मे परेको भएपनी जिबनराम समुहको चलखेल बीच आइरहेको द्वन्द चाडै समाधान हुने बताइएको छ। देखिदै आएका द्वन्द कुनै बिकासका निम्ति नभै ब्यक्ति केन्द्रित भएकोले पनि चाडै समाधान हुनेमा धेरै बिश्वस्त देखिन्छन्।

जेन्जी आन्दोलनको जगमा बनेको सरकारले जिम्मेवारी सुम्पे संगै सदस्य सचिब मेहेता पछिल्ला दिनमा जनभावना अनुसार आफुलाइ अगाडि बढाउन सफल भएसंगै, गर्दा सम्भावना छ भन्ने उदाहरण बनेका छ्न्।चौतर्फी चुनौतीले घेरिएको परिसद राजनीतिक दलको कार्यकर्ता भर्ती केन्द्र भनेर बदनाम भएको यो ठाउँको बिकासको निम्ति सक्रियतापुर्वक लागिपरेको बताइन्छ। राजनैतिक दलको सुड प्रवेश गरेको राष्ट्रिय खेलकुद परिषद जसको सरकार आयो त्यसैअनुरूप राइदाइ हुने यो निकाय भित्र डोजर सफाइ अभियान आवश्यक महसुस गर्दै सदस्य सचिब मेहेताबाट नै यो कामको सम्भब छ भन्ने तर्क सहित सुधार चाहानेहरु थप उत्साहित देखिदै गएका छ्न्।
जेरि जस्तो जेलिएको चुनौती सदस्य सचिब मेहेताको प्रवेश सगै क्रमशः सुधार उन्मुख देखिएको परिषद कार्यालयका एक कर्मचारीले सम्पत्ति न्युज लाई बताए।
प्राप्त जानकारी अनुसार खेलकुद मन्त्रालयमा रहेर परिषदका काम कार्वाही लाई बिगतमा नजिक बाट अध्ययन गरेको अनुभव मात्रै होइन प्रशासन सुधारको दर्बिलो क्षमता राख्नुहुने सदस्य सचिब मेहेतालाई कम्जोर बनाउन पछिला दिनमा केही संचार माध्यमको दुरुपयोग गर्नेहरु पनि कम छैनन तर पनि सदस्य सचिब मेहेताको इच्छाशक्तिको सामु सबै षड्यन्त्र फिक्का बन्दै गएका बताइन्छ।
(ॠषिकुमार यादव)