आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Nepal Cover
२० कार्तिक २०७७, बिहीबार
image

रौतहट, गौर नगरपालिका—९ सिरसिया बस्ने वीरेन्द्र पासवानको घरमा बिद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर पूर्ण रूपमा जलेर करिब २ लाख ‍रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कपिलवस्तु, यशोधरा गाउँपालिका—५ नन्वा बस्ने आशिया खातुनको घरमा खाना पकाउने क्रममा मंगलबार दिउँसो आगलागी हुँदा घर पूर्ण रूपमा जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिरहा, लहान नगरपालिका३ बस्ने राम नारायण महतोको सोनी ट्रेडर्स एण्ड सप्लायर्स नामक कवाडी पसलमा मंगलबार साँझ आगलागी हुँदा पसल पूर्ण रूपमा जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।