जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १ सय ४३ जना पक्राउ

  Sampatti News

November 18, 2020

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित दसिप नामक रेष्टुरेन्टभित्र तास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट संचालिका काठमाडौं पुतलीसडक बस्ने काभ्रे घर भएकी ३७ वर्षीया सृजना खनाल समेत १४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ७ हजार रुपैयाँ र १० बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका१४ कुलेश्वर बस्ने ४४ वर्षीय शिव श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३८ हजार ८ सय ५० रुपैयाँ र विभिन्न बैंकको ७ लाख ९४ हजार ८ सय ७० रुपैयाँको चेक र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–५ बाट जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने धादिङ थाक्रे गाउँपालिका–४ घर भएका ३३ वर्षीय रत्न बहादुर तामाङ समेत ४ जनालाई नगद २ लाख ४७ हजार ८ सय ५० रुपैयाँ र ११ वटा ओखर सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–८ बोडे बस्ने अम्बर कृष्ण अवालको नगदेश स्नोकर हाउसमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ पुरानोठिमी बस्ने ४५ वर्षीय राजकुमार चित्रकार लगायत १० जनालाई नगद २ लाख ६४ हजार १ सय ३५ रुपैयाँ र कौडा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
धादिङ, धुनिबेशी नगरपालिका–८ खानीखोला बस्ने कृष्ण बानियाको घरमा कौडा खेलिरहेको अवस्थामा धुनिबेशी नगरपालिका(६ बस्ने ३२ वर्षीय दिनेश उप्रेती लगायत २१ जनालाई नगद १ लाख ७९ हजार ६ सय ७५ रुपैयाँ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका–८ बस्ने ५० वर्षीय छबिलाल सुबेदीको घरमा जुवा खेलिरहेको अवस्थामा सुबेदी लगायत १० जनालाई नगद १ लाख २४ हजार ४ सय ९५ रुपैयाँ र ६ वटा पासा सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ, लेटाङ नगरपालिका–९ जाँते बस्ने सोएता मगरको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय ददिराम पौडेल लगायत ७ जनालाई नगद १ लाख ८८ हजार ७ सय ४५ रुपैयाँ, १ सेट कौडा, ६ बुक तास र १६ थान मोबाइल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
संखुवासभा, खाँदबारी नगरपालिका–९ स्थित मकालु रिसोर्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३७ वर्षीय मुकुन्द चौहान लगायत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
सुनसरी, ईटहरी उपमहानगरपालिका–२० स्थित रुद्राक्ष पार्टी प्यालेसमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय मुकेश बस्नेत समेत ८ जनालाई नगद २ लाख ८० हजार २ सय ५५ रुपैयाँ र १ बुक तास सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, ईटहरी उपमहानगरपालिका–९ बस्ने फुलबाबु साहको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–४ बस्ने ५० वर्षीय सरोज चौधरी लगायत ९ जनालाई नगद २ लाख ९२ हजार ४ सय ५ रुपैयाँ र १ बुक तास सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
बझाङ, जयपृथ्वी नगरपालिका–१० चैनपुर बजार बस्ने शेर बहादुर बोहराको घरमा तास खेलिरहेको अवस्थामा मष्टा गाउँपालिका–१ डुङ्ग्री बस्ने ३४ वर्षीय दिपक रोकाया लगायत ७ जनालाई नगद १ लाख ६२ हजार ३ सय ३० रुपैयाँ र ८ गड्डी तास सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–५ सिन्धुकोट बस्ने हरि रायमाझीको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय दिप बहादुर रायमाझी लगायत २० जनालाई नगद ३ लाख २३ हजार ३ सय ४५ रुपैयाँ, १६ थान कौडा र ५ बुक तास सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–८ केउरेनी बस्ने ४४ वर्षीय चुलनाथ गिरीको घरमा कौडा खेलिरहेको अवस्थामा गिरी समेत ६ जनालाई नगद १ लाख ४ हजार ५ सय ८५ रुपैयाँ र १६ थान कौडा सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
सल्यान, कालिमाटी गाउँपालिका–४ असुरेनी बस्ने शान्ती घर्तीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय निम बहादुर थापा समेत ९ जनालाई नगद १ लाख ४९ हजार ६ सय रुपैयाँ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:November 18, 2020