पत्रकार मोक्तानलाई पितृ शोक,केन्द्रिय सदस्य चौलागाईंदारा शोक व्यक्त

  Sampatti News

November 19, 2020

काठमाडौं मंसिर ४, पत्रकार चन्द्रजीत मोक्तानलाइ पितृ शोक परेको छ । नेपाल पत्रकार महासंघका प्रदेश पार्षद एब काठमाडौ शाखा सदस्य समेत रहेका पत्रकार मोक्तानका ६३ वर्षिया पिताजी माइला लामाको उपचारको क्रममा निधन भएको छ। ।

लामो समय मृगौला रोगबाट पिडित लामाको शुक्रवार अन्तिम संस्कार गरिने बताईएको छ । यसैवीच नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एब प्रेस काउन्सिलका पुर्ब सदस्य गोबिन्दप्रसाद चौलागाईंले पत्रकार मोक्तानको पिताजीको निधन प्रति शोक व्यक्त गर्दै गहिरो दुख व्यक्त गर्नु भएको छ।

साथै केन्द्रिय सदस्य चौलागाईंले व्यक्त गरेको शोक मन्तव्यमा मृत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त पत्रकार मोक्तान लगायत सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गरेको छ । मृतक लामाको श्रीमती , एक छोरा र एक छोरी रहेका छन ।

प्रकाशित मिति:November 19, 2020