स्वाव परीक्षणकोलागी सरकारी परिचयपत्र अनिवार्य

  Sampatti News

November 22, 2020

काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) को परीक्षण गर्न अब अनिवार्य सरकारी परिचयपत्र चाहिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले स्वाब संकलन गर्दा सरकारी परिचय पत्र अनिवार्य हेर्न निर्देशन दिएको छ ।

विदेश यात्राका लागि पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको पहिचानका लागि बायोमेट्रिक वा यस्तै अन्य प्रणाली अवलम्बन गर्न पनि भनिएको छ ।

प्रकाशित मिति:November 22, 2020