३ वर्षको प्रेमलाई विवाहमा परिणत गर्दै बहुप्रतिभाशालि व्यक्ति रमेश प्रसाई

  Sampatti News

December 2, 2020

काठमाडौँ । प्रखर वक्ता, गायक तथा बहुमुखि प्रतिभाका खानि रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै नै दृष्टिविहिन हुन् ।
अबल वक्तृत्व क्षमता र अरु व्यक्तिको क्यारिकेचर गर्ने रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीत सँगितमा पनि राम्रो स्थान दियो । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।

त्यस्तै यता नन्दा पनि समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् ।
नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको बुझिएको छ । नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए ।

उनीहरुको बिहे धरानबाट हुने भएको छ ।

प्रकाशित मिति:December 2, 2020