कटुवा पेस्तोल र गोली सहित पक्राउ

  Sampatti News

December 5, 2020

काठमाडौँ । सुनबर्सी नगरपालिका–५ झुगी चोक बस्ने ४१ वर्षीय राजकुमार मण्डललाई १ थान कटुवा पेस्तोल, २ राउण्ड गोली, १९ हजार ३ सय २५ रुपैयाँ र २ थान मोबाइल सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कम्मरमा लुकाई राखेको उक्त हतियार फेला पारी मण्डललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति:December 5, 2020