रमेश प्रसाई र नन्दा सिंहको विवाह यस्तो भयो (फोटो फिचर)

Nepal Cover
२२ मंसिर २०७७, सोमबार
image

काठमाडौँ । पब्लिक स्पोकर भनेर चिनीने गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग बिवाह गरेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको थियो ।

बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा परिणत गरेका हुन् । नेपाली परम्पराअनुसार बिवाह गरेका रमेश र नन्दा बैवाहिक समारोहमा निकै खुसी देखिएका थिए ।