‘नेपाली महिलाको ऐतिहासिक आन्दोलनः एक शताब्दी’ सार्वजनिक

  Sampatti News

December 7, 2020

काठमाडौँ । ‘नेपाली महिलाको ऐतिहासिक आन्दोलनः एक शताब्दी’ नामक पुस्तक सार्वजनिक भएको छ ।

करिब ६५० पृष्ठको पुस्तकभित्र नेपालको राजनीति, सामाजिक सेवा, महिला अधिकार तथा विकास, प्रशासन र कानून, शान्ति र सुरक्षा, आर्थिक विकास, स्वास्थ्य र शिक्षा, धर्म, संस्कृति र साहित्य तथा सञ्चार लगायत क्षेत्रमा महिलाले पु¥याएको योगदानसम्बन्धी लेखरचना समावेश गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको सो पुस्तकमा नेत्रीहरु शशी श्रेष्ठ, हिसिला यमी, डा विन्दा पाण्डे र पुष्पा भुसालद्वारा लिखित ‘नेपालको महिला आन्दोलन’, ‘राजनीतिक परिवर्तनमा महिला’, लोकतान्त्रिक आन्दोलनमा महिला’ र ‘नेपाली नारी त्यहाँदेखि यहाँसम्म’ लगायत ४१ लेख समावेश छन् ।

महिला सुरक्षा दबाब समूह नेपालले प्रकाशन गरेको पुस्तकलाई पत्रकार टङ्क पन्तले सम्पादन गर्नुभएको छ । सोही अवसरमा पूर्वमन्त्री हिसिला यमी, राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशीकला श्रेष्ठ र नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसालले नेपाली महिलाको सङ्घर्षलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति:December 7, 2020