देशमा राजावादी प्रर्दशन ओलीकै कारण भएको हो, यसको हिसाबकिताव अब देखाउँछौँ –पिप्लप

  Sampatti News

December 8, 2020

काठमाडौँ । देशभर भईरहेको राजावादीहरुको प्रदर्शनमा हमला गर्ने बिप्लव समुहले चेतावनी दिएको छ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लवू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय राजसंस्था र हिन्दुराज्यको पक्षमा भइरहेको प्रदर्शनहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विप्लवको नेकपाले ‘दक्षिणपन्थी भासमा डुबिसकेको’ वर्तमान केपी ओली नेतृत्व सरकारकै कारण ‘तत्कालिन सामन्तवादी सत्ताका नाइकेले टाउको उठाउने प्रयास गरेको टिप्पणी गरेको छ । विप्लवको नेकपाका एक केन्द्रीय नेताले ‘राजसंस्था’को पक्षमा ‘केही पश्चगामी तत्व’ले प्रदर्शन गरेकोप्रति पार्टी गम्भीर रहेको बताएका हुन् । उनले देशमा संकट आउने परिस्थितिमा आफ्नो पार्टी चुप लागेर नबस्ने पनि प्रष्ट पारेका छन् ।

‘तत्कालिन शासक ज्ञानेन्द्र शाहको शासन उनको व्यापारिक चरित्र, अदुरदर्शिता र स्वाभिमानी नेपाली जनतामाथि उनले गरेको दमनले ढलेको हो, यो कुरा ३ करोड नेपाली जनतालाई थाहा छ, अब फेरि ज्ञानेन्द्र वा उनका छोरा–नातीलाई शासक बनाउने कुरा स्वाभिमानी नेपाली नागरिकलाई स्वीकार्य हुँदैन,’ ती नेताले भने ।जनता समाजवादी पार्टीबाट बर्खास्तीमा परेकी सरिता गिरीको प्रसंग उल्लेख गर्दै ती नेताले पूर्वराजा ज्ञानेन्द्र शाह, उनका छोरा पारस शाह र उनको परिवारका अन्य सदस्यबाट देशलाई झनै ठूलो खतरा रहेको बताएका छन् ।

‘ज्ञानेन्द्रले यो प्रदर्शनसँग आफ्नो सरोकार छैन भनिसकेको प्रतिप्रेक्ष्यमा भारतको राजस्थानमा जन्मिएकी भारतीय चेली नेपालकी बुहारी हिमानी शाह र तिनका सन्तानलाई सत्तामा राख्न कसरी मिल्छ ?,’ ती नेताले प्रश्न गर्दै भने, ‘हेक्का रहोस्, भारतीय चेली सरिता गिरीभन्दा अर्की भारतीय चेली हिमानी शाहबाट नेपाल देशलाई बढी खतरा छ ।’

हुम्लामा बिरामी बोकेको जीप दु’र्घटना हुँदा चार जनाको मृ’त्यु भएको छ । अन्य सात जना घा’इते भएका छ।

हेप्काखोलाबाट बिरामी लिएर सदरमुकाम सिमकोट फर्कदै गरेको लु २ च २१०२ नम्बरको जीप डाँडाफयामा राति ११ बजेतिर जीप दु’र्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले हुम्लाले जनाएको छ ।दुर्घटनामा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीय डुकी तामाङ, उनका श्रीमान ४५ वर्षीय गुरु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, सिमकोट ८ खाल्सीका एक वर्षीय बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं. १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह घाइते भएका छन । उनीहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सीताराम बिष्टले जानकारी दिए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद अहिलेजस्तो चर्को अवस्थामा पुग्नुभन्दा अलि अघि त्यसका कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भनेका थिए–“ विगतमा पनि तपाईंले फकाउँदा म मानेकै थिएँ, अहिले पनि मलाई फकाउनुस् न, म फक्किईहाल्छु नि ।”

प्रकाशित मिति:December 8, 2020