प्रेस प्रतिनिधि कार्ड अब जिल्लाबाटै

  Sampatti News

December 10, 2020

काठमाडौं । पत्रकारलाई सरकारलाई दिने प्रेस प्रतिनिधि कार्ड अब जिल्लाबाटै पाइने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङको निर्देशनपछि सूचना विभागबाट जारी गरिने प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र नवीकरण गर्ने सम्बन्धी सबै कार्य जिल्लाबाटै हुने भएको हो ।

यस अघि कोरोनाको कारण मन्त्रालयले वितरण गर्दै आएको कार्ड वितरणको काम नै रोकिएको थियो । साथै नविकरणको काम समेत हुन सकेको थिएन ।

मन्त्री गुरुङले सम्बन्धित जिल्ला हुलाक कार्यालयहरुबाट नै पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्रको आवेदन गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । यसैगरी तयार भै आएको प्रमाणपत्र पनि सम्बन्धित जिल्लबाट लिन सकिने तथा नवीकरणको व्यवस्था पनि जिल्ला हुलाकबाट नै गर्ने व्यवस्था मिलाउन उहाँले निर्देश दिनुभएको छ ।

तत्कालै गरिने उक्त व्यवस्थाले लामो समय पत्रकारितामा सक्रिय भएका तर प्रेस प्रतिनिधि परिचयपत्र लिन नसकेका पत्रकारलाई सहजै जिल्लाबाट नै सेवा उपलब्ध हुनसक्ने मन्त्री गुरुङका सञ्चारविज्ञ राजेन्द्र मानन्धरले बताउनुभयो ।

प्रकाशित मिति:December 10, 2020