स्कूल बसवाट खसेर ६ कक्षामा पढ्ने विद्यार्थीको घटनास्थलमै मृत्यु

  Sampatti News

December 10, 2020

काठमाडौ । स्कूल बसवाट खसेर एक विद्यार्थीको निधन भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका ५ मा रहेको जानकी युगान्तर इङलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीको स्कुल बसबाट खसेर निधन भएको हो । ६ मा अध्ययनरत्त विद्यार्थी १४ वर्षीय मोदसी सेकको निधन भएको हो ।

बुधबार दिउँसो स्कुल विदा भएपछि बा ३ ख २३९७ नम्बरको स्कुल बसमा चढेर उनी घर गइरहेका थिए । ढोका निर उभिएका उनी चालकले ब्रेक लगाएको बेला गोठ बनौली पुल नजिकै बसवाट खसेका थिए । उनको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ।

घटना पश्चात भाग्न खोजेका चालकलाई नियन्त्रणमा लिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ।

प्रकाशित मिति:December 10, 2020