कमानसिंहको मृत्युको कारण नेकपा प्रवक्ता श्रेष्ठ भएको सनसनिपुर्ण अडियो रेकर्ड सार्वजनीक

  Sampatti News

December 11, 2020

काठमाडौँ । कमानसिंह लामाको निधनको मानसिक कारण नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भएको दावी लामाको परिवारले गरेको छ । नारायणकाजीले आर्थिक रुपमा डुबाउँदै परिवार बर्बाद पारेपछि मानसिक रुपमा थकित–गलित भएकाले कमानसिंहको इहलीला समाप्त भएको दावी कमानसिंहको परिवारसँग सम्वद्ध केही सदस्यहरुले गरेका हुन् ।

कमानसिंहले नारायणकाजीसँग अढाई करोड रुपैयाँ लिन बाँकी थियो । उनीहरु बीच कुनै कम्पनीमा गासिँदा लेनदनेको कारोबार थियो । सो कम्पनी कुन हो भन्ने खुलेको छैन ।

लेनदेनमा नारायणकाजीले सुसन कर्माचार्य नामकी महिलालाई अगाडि लगाएको बुझिन्छ । सुसन र नारायणकाजी अत्यन्त निकट मित्रका रुपमा परिचित हुन् । नारायणकाजीको राजनीतिक यात्रामा सुसनको निकै राम्रो योगदान भएको ठानिन्छ । सुसनले विगतमा पत्रकारिता पनि गरेकी थिईन ।

अडियो भिडियोबाट के बुझिन्छ भने नारायणकाजीले सुसन मार्फत् पैसा खाइदिएपछि कमानसिंह चकनाचुर भएका हुन् । नाराणकाजीले सुसनलाई अगाडि सारेर अढाई करोड खाइदिएपछि कमानसिंहले सहारा लिन गोप्य रुपमा अडियो भिडियो रेकर्ड गरेर प्रमाण जुटाइन। उनी नारायणकाजीसँग लेनदेनको कुरा गर्न गईन । अडियो भिडियो रेकर्ड गर्न लगाइन । सो अडियो भिडियो सनराइज खबर सार्वजनीक गरेको छ । कमानसिंहको परिवार निकटले सनराइज खबरलाई सो अडियो भिडियो उपलब्ध गराएका हुन् ।

सो अडियो भिडियो कमानसिंह र नारायणकाजीकै हो भन्नेमा विश्वस्त भएपछि मात्र सनराइज खबरले प्रकाशित गरेको बताएको छ । उनीहरुले प्राप्त भिडियो छोटो रहेको र अडियो अझै लामो भएको दाबी गरेका छन् । विस्तृत भिडियो तथा अन्य तथ्य पाउन सनराइज खबर संवाददाताले निरन्तर प्रयास गरिरहेको जनाएका छन् ।

कमानसिंह लामा हक्की र स्पष्टवादी नेताका रुपमा चिनिन्थे । उनी दुई पटक सांसद् बनिसकेका छन्, एकपटक दक्षिण कोरियाको राजदूत समेत बनेका हुन् उता नारायणकाजी श्रेष्ठ भने आदर्शवादी कम्युनिष्ट नेताका रुपमा आफूलाई प्रस्तुत गर्छन् । अविवाहित नारायणकाजी विभिन्न तरिकाले चर्चामा आउने गरेका छन् । सांसद्का रुपमा दशैं भत्ता नलिने भनेर उनले तहल्का मच्चाएका थिए । तर, दशैं तिहार सकिए लगत्तै उहाँ र कमानसिंह बीचको लेनदेन प्रकरण सार्वजनिक भएको हो । कमानसिंहको निधन भएको थिएन भने यो प्रकरण कहिले बाहिर आउँथ्यो भन्न सकिन्न । कमानसिंहले नारायणकाजीसँगको लेनदेन प्रकरण तथा सुसन र इन्द्रमायाका बारे जिवित छँदा निकट व्यक्ति धेरैसँग गुनासो गर्ने गरेका थिए ।

थप समाचारको लागि सनराईजखबर फलो गर्नुहोस्
लिंक: https://sunrisekhabar.com/news-details/22162/2020-12-10?fbclid=IwAR2NmW6gmnEcyFM85rmxB1DPWSTsWxqNoHex00FMMrxa75z63w_LmhvkW08

प्रकाशित मिति:December 11, 2020