काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टिभित्र पदको कारणले विवाद नचुलिएको बताएका छन् । उनले नागरिक न्यूजको फ्रन्टलाईन कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्। उनले भने ‘ यो विवाद पदको विवाद होईन, पदको हानाथाप पनि होईन । यो विवाद पार्टि कसरी चलाउने भन्ने हो, सामुहिक निधित्व अन्र्तगत चलाउने कि क्रान्तिकारी पार्टीको रुपमा चलाउने की विधि संवत् चलाउने कि कसैको व्यक्तिगत रुपमा चलाउने भन्ने विषयमा विवाद भएको हो । उनले थपे ‘मैल वा प्रचण्ड जीले पद खोजेर विवाद चुलिएको होइन। पार्टी कस्तो बनाउने भन्ने विषयमा विवाद चुलिएको हो।’
कार्यक्रममा अहिले पार्टीको विवादको मुख्य कारक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली रहेको बताएका छन् । उनले भने ‘अहिलेको विवादको कारण नै प्रधानमन्त्री हो। निकास पनि उहाँले नै दिनु पर्छ।’
प्रधानमन्त्री आफैले मन र भावना बुझ्नु पर्ने नेपालको भनाई छ । प्रचण्ड कमरेडले अघि सारको १९ पानाको प्रस्ताव छलफल गर्न योग्य छैन् भनेर उहाँ आफैले अर्को १० पनाको प्रस्ताव ल्याउनु भयो। त्यो विल्कुल ठिक होइन। उहाँलाई बैठक बस्नु पनि सबैले विन्ती लाउनु पर्छ। यसरी कसरी निष्कर्ष निस्किन्छ? ’, उनले भने।
उनले पार्टी कसैको एकल बर्चस्वमा चल्ने वा प्राइभेट कम्पनीको रुपमा चलाउन नपाइने बताए। उनले भने ‘कसैको एकल बर्चस्वको रुपमा चलाउने की प्राइभेट कम्पनीको रुपमा चलाउने हो? यो विषयमा गम्भीर भएर सोच्न पर्ने आवश्यक भएको छ । पार्टी एक दुई जनाको चोचो मोचो मिलाएर चलाउने होइन’, उनले भने।
‘कुनै पनि पार्टीहरु विचार मिल्दा पुर्नगठन हुन्छ र विचार नमिल्दा फुट्छ पनि यो कुनै नौलो कुरा होइन। यो जुनसुकै पार्टीमा पनि लागु हुन्छ। हाम्रो पार्टीमा पनि ठूलो सैधान्तिक मत बाँझिएको छैन्। कस्तो पार्टी बनाउने भन्ने नै अहिले मुल कुरा हो’, नेता नेपालले थपे ।
नेता नेपालले पार्टी भित्रका समस्यालाई कमिटीभित्र प्रस्ट राखेर अघि बढ्नु पर्ने बताए। ‘सबै स्थायी कमिटीका सदस्यहरुले मन लागेको कुरा ओकाल्नुस्। सबैले आफ्नो मन लागेको कुरा ओकाल्नुस्। पार्टीको बैठकमा सबै कुरा रान्नु पर्छ। बैठक भनेपछि एलर्जी भएको छ। कसरी निष्कर्ष निस्किन्छ ?’