सडकमा मान्छे आएर राजा ल्याउँ भनेको, हामीलाई फालौ भनेको हो,यसको कारण तपाई हो– देउवा

  Sampatti News

December 11, 2020

काठमाडौँ । मंगलबार प्रधानमन्त्री केपी ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा मान्छे आएर राजा ल्याउँ भनेको तपाईलाई हटाउँ भनेको हो भन्दै ओलीलाई पेलेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा धारणा राख्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

‘सरकारको काम गर्ने गलत शैलीका कारण सडकमा असन्तुष्टि देखिएको छ’, देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी कांग्रेस नेता डा। प्रकाशशरण महतले भने, ‘सरकारको गलत कार्यशैलीकै कारण व्यवस्थामा नै प्रश्न उठेको छ। लोकतान्त्रिक व्यवस्थापको विकल्प छैन। तर, सरकारले गरेका गलत काम सच्याउनुपर्छ।’

देउवाले सरकारले कार्यशैली सच्याएमा सडकमा अहिले भइरहेका प्रदर्शन आफैँ रोकिने बताए। उनले व्यवस्था भन्दा पनि सरकारको कामप्रति नागरिक असन्तुष्ट भएको उल्लेख गरे।

देउवाले बैठकमा बोल्ने क्रममा केही दिनअघि तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धडपकडको चर्को शब्दमा निन्दा गरेका छन्। उनले सरकारले यस्ता गलत काम तत्काल रोक्नुपर्नेमा जोड दिए।

त्यसैगरी देउवाले संसद अधिवेशन तत्काल आह्वान गर्नसमेत सरकारसँग माग गरेका छन्। बैठकमा कांग्रेस सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.महत लगायत सहभागी थिए।

बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले गणतान्त्रिक शक्तिलाई एक हुन आह्वान गरेका छन्।

जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन ओलीले आह्वान गरेका हुन्।

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रि«य दलको सर्वदलीय बैठकमा ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक घ,,ट,नाको कडा शब्दमा वि,रो,ध गरेका छन्।

बालुवाटारमा भएको बैठकमा कोभिड(१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानवि,रो,धी गतिविधिलगायत विषयमा छलफल भएको छ।

छलफलमा प्रधानमन्त्रीले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएका कामबारे पनि प्रकाश पारेका छन्। बैठकमा सत्तारुढ नेपाल कम्म्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो।

प्रकाशित मिति:December 11, 2020