काठमाडौ ।चीनको छेन्दूमा महावाणिज्यदूतमा दिनेश कुमार घिमिरे नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले घिमिरेलाई महावाणिज्यदूतमा नियुक्त गरेको हो ।
घिमिरेलाई एक कुशल अनि बिषयबस्तु चाडो बुझ्ने र मेहनती प्रशासका रुपमा सबैले चिन्ने गरेका छ्न।हाल उनी प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा कार्यरत थिए। उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सह–सचिव, उर्जा मन्त्रालयको सहसचिव ,उद्योग मन्त्रालय देखी प्रमुख जिल्ला अधिकारीको समेत भुमिका सफलतापुर्बक निर्वाह गरि खारिएका राष्ट्रसेवकका रुपमा आफुलाइ स्थापित गराइसकेका छ्न।सहसचिव घिमिरे जहाँ जहाँ बसे जनभावना अनुसार सबैको मनमा रहने गरि बसेका कारण नै सरकारले महावाणिज्यदूतको जिम्मेवारी दिएको छ।उहाँलाई चिन्नेहरु भन्छ्न छिमेकी राष्ट्रमा जिम्मेवारी पूरा गर्न जानुहुने नव नियुक्त महावाणिज्यदूत घिमिरेले दुई देशको कुटनैतिक सम्बन्धमा थप सुधार मात्र होइन नेपालका हितमा महत्त्वपूर्ण योगदान दिनेमा आफुहरु बिश्वस्त रहेको बताउँछन।