नेकपा स्थायी कमिटीको बैठक पुस ५ गते बस्ने

  Sampatti News

December 16, 2020

काठमाडौँ । अब नेकपाको स्थायी कमिटीको बैठक पुस ५ गते बस्ने भएको छ । आज बुधबार बसेको नेकपा स्थायी कमिटी बैठक सकिएसँगै अब ५ गते बस्ने भएको हो । भने केन्द्रीय कमिछीको बैठक १० गते बोलाईएको छ ।

बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बुधबारको स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषदको बैठकमा संवैधानिक निकायमा नियुक्तिसम्बन्धी कुनै निर्णय नभएको पनि जानकारी गराएका श्रेष्ठले बताए ।

प्रकाशित मिति:December 16, 2020