ओलीको बोलीमा स्थिरता नहुँनाले ओलीबाट अपहेलीत एक हुने मौका बनेको छ –नेता नेपाल

  Sampatti News

December 18, 2020

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली ओलीको बोलिमा विस्वास नहुँने हुँदा ओलीबाट अपहेलीत हुनु परेकाहरु एकजुटु हुने मौका मिलेको बताउनु भयो । नेता नेपालले प्रधानमन्त्री ओलीको नियत नै अरुलाई धोका दिने र अपमान गर्ने रहेको बताउनु भयो ।

शुक्रबार पेरिसडाडाँमा प्रदेश १ का आफू निकट नेताहरुको भेलामा नेपालले ओलीको बोलीको विश्वास नै नहुने समेत बताउनुभयो ।
पहिले आफूलाई अपमान गर्ने काम गरेको ओलीले पछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि त्यसै गरेको नेपालको भनाइ थियो । ‘पार्टीका पूर्वप्रमुख र पूर्वप्रधानमन्त्री भइसकेका नेताहरुलाई धोका दिने, अपमान गर्ने प्रवृत्ति अझै पनि रोकिएको छैन । सहमति गरेर उठ्यो, भोलिपल्टै होइन भन्नु नै केपी ओलीको योग्यता बनेको छ’, नेपालको भनाइ थियो ।

सबै नेताहरुलाई पालैपालो धोका दिने, झुटो आश्वासन दिने भएकैले पार्टीभित्र नयाँ समीकरण बनेको उनले बताए । ‘अहिले कस्तो अवस्था बन्यो भने धोका पाउने र अपमानित हुनेहरु एक भएको जस्तो देखिएको छ’, नेपालले भन्नुभयो ।

तर, पार्टीलाई कुनै हालतमा विभाजन हुन नदिने उनको भनाइ थियो । ‘त्यसका लागि हामी माथि लड्छौं । तपाईंहरु तल लड्नु होला’, नेपालले आग्रह गरे । अहिले पूर्वएमाले र पूर्वमाओवादी भन्ने कुरा उठाएर विभाजन गर्ने नियत देखिएकाले यसविरुद्ध लाग्न पनि नेपालको आग्रह थियो ।

नेकपाभित्रको आन्तरिक कलह चर्किदै जाँदा दुई पक्षको गुट भेला बढेको छ । शुक्रबार पेरिसडाडाँमा प्रचण्ड र नेपाल पक्षका प्रदेश १ का जिल्ला अध्यक्ष, सचिव र राजधानी उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको भेला पेरिसडाडाँमा राखिएको थियो ।

प्रकाशित मिति:December 18, 2020