माछापुच्छ्रे बैंक र गंगालालबीच सम्झौता

  Sampatti News

December 21, 2020

काठमाडौँ । माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच उक्त केन्द्रमा आवद्ध रहेका कर्मचारीहरुहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तर्फबाट कार्यकारी निर्देशक चन्द्रमणी अधिकारी तथा माछापुच्छ«े बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गर्नुभयो । सम्झौता पश्चात शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आवद्ध कर्मचारीहरुलाई बैंकले सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नेछ । साथै बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कार्यरत कर्मचारीहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्नेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«े बैंक लि. ले यसअघि पनि सरल र सहज बैंकिङ्ग सुविधाका प्रदान गर्नका लागि बिभिन्न संघसंस्थाहरु संग सम्झौता गरेको छ ।
बैंकले हाल १६० वटा शाखाहरु, १४३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३०३ स्थानमा रहेका सेवा सञ्जाल तथा २०० वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति:December 21, 2020