आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Nepal Cover
१२ पुष २०७७, आईतवार
image

काठमाडौं, नागार्जुन नगरपालिका–१ रानीवन प्रकृति चोक डेरा गरी बस्ने तारा कटवालको कोठामा बिद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा विभिन्न सामान जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कपिलवस्तु, शिवराज नगरपालिका–५ बस्ने श्याम सुबेदीको च्याउ फर्ममा शनिबार दिउँसो आगलागी हुँदा ३ वटा फुसको टनेल, १ हजार २ सय प्याकेट च्याउ, पानी छर्किने फोगर सिस्टम समेत जलेर करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कञ्चनपुर, महाकाली नगरपालिका–१ हल्दुघाटस्थित महाकाली आदर्श मावि दोधारा चाँदनिको स्टोरमा शनिबार दिउँसो आगलागी हुँदा स्टोरमा रहेका विभिन्न फर्निचर जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङ, बुढिगंगा गाउँपालिका–३ स्थित पाईनियर केबुल फ्याक्ट्री टिनको छानोमा विद्युत वाईरिङ सर्ट भई शनिबार राति आगलागी हुँदा टिनको छानो पूर्णरुपमा जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।