विभिन्न स्थानमा मृत अवस्थामा फेला

  Sampatti News

January 31, 2021

काठमाडौं । मोरङ, उर्लाबारी नगरपालिका–५ मालबासेस्थित नालीको होम पाईपमा तेह्रथुम म्याङलुङ घर भएकी ३४ वर्षीया रक्षा लिम्बु आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी मोरङ, लेटाङ नगरपालिका-६ सुकेचौरीस्थित चन्द्र माया राईको घरमा विगत १ वर्षदेखि ज्याला मजदुरी गरी बस्ने हाल नाम, थर, वतन नखुलेकी करिब ६० वर्षीया महिला सुतेको अवस्थामा शनिबार मृत फेला परेकी छिन् ।
रुपन्देही, तिलोत्तमा नगरपालिका–८ प्रदिपनगर बस्ने ४३ वर्षीय लेख बहादुर केसी आफ्नै घरमा शनिबार मृत्त अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका–२७ दिब्यनगर बस्ने ३१ वर्षीय प्रदिप महत्तो सोही नगरपालिका–२५ सखुवानीस्थित नहरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
नुवाकोट, तांदी गाउँपालिका–५ बस्ने ७० वर्षीय कृष्ण बहादुर मरहठ्ठा सोही ठाउँ बन्चरेस्थित सडकमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:January 31, 2021