भागरतीको न्यायको लागी माईतीघरमा दवाव कार्यक्रम, अधिकारकर्मी सुवेदीद्धारा आन्दोलन आह्वान

  Sampatti News

February 6, 2021

काठमाडौँ । बैतडीकी भागरती भट्टको न्यायका लागि सरकारलाई दवाव दिन आज माईतघर मण्डलामा आन्दोलन आह्वान गरिएको छ । महिला अधिकारकर्मी सावित्री सुवेदीको अगुवाईमा आज शनिबार दिउँसोका १ बजे स्वतन्त्र पूर्वक घटनाको छानवीन भई दोषिलाई कारवाहीको माग सहित आन्दोलनको आह्वान गरिएको हो । बुधबार विहान स्कुल गएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट विहीबार साँझ मृत्य अबस्थामा फेला परेकी थिईन । उनलाई बलात्कार गरेर फालिएको आशंका गरिएको छ ।
दिउँसो २ बजेबाट सम्पर्कविहीन भएकी भट्ट साँझ घर नफकियपछि खोजी सुरु भएको थियो । उनको शव अर्काे दिन साँझ विद्यालयबाट घर र्फकने बाटोको लगभग ५० मिटर पर फेला परेको थियो ।

प्रकाशित मिति:February 6, 2021