काठमाडौँ । स्थानीय सरकारहरुको अन्तिम लेखा परीक्षणका क्रममा महालेखापरीक्षकको कार्यालयबाट औल्याइएका बेरुजु फर्स्योट गराउन लेखा समितिहरुको महत्वपूर्ण भूमिका हुने अधिकारीहरुको भनाइ छ । काठमाडौँ महानगरपालिकाको लेखा समिति र आर्थिक प्रशासनसँग सम्बन्धित अधिकारीका लागि आन्तरिक लेखा परीक्षण एकाइले आयोजना गरेको २ दिवसीय ‘बेरुजु फर्स्योट र सम्परीक्षण सम्बन्धी तालिम’ मा उनीहरुले यस्तो अनुरोध गरेका हुन् । तालिममा नायव महालेखापरीक्षकहरु शंकरप्रसाद पन्थी, चन्द्रकान्त…