आज राति १२ बजेदेखि दुई राज्यमन्त्रीको पद रिक्त हुँदै

Nepal Cover
२० फाल्गुन २०८०, आईतवार
image

काठमाडौँ । आइतबार राति १२ बजेदेखि भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाई र शिक्षा राज्यमन्त्री प्रमीला कुमारीको पद रिक्त रिक्त हुँदैछ ।

नेकपा एकीकृत समाजवादीकी चपाई र जनता समाजवादी पार्टीकी प्रमीला कुमारी आज राती १२ बजेदेखि राष्ट्रिय सभा सदस्यबाट बिदाइ हुन लागेका हुन्।

मन्त्री हुनका लागि संघीय संसद्को सदस्य हुनुपर्ने आज राति १२ बजेदेखि दुई राज्यमन्त्रीको पद रिक्त हुँदै छ ।

मन्त्री हुनका लागि संघीय संसद्को सदस्य हुनुपर्ने व्यवस्था छ । व्यवस्थाअनुसार सांसद पदबाट हटेसँगै उनीहरूको राज्यमन्त्री पद पनि रिक्त हुन लागेको हो ।

नेपालको संविधानको धारा ७७ मा संघीय संसद्को सदस्य नभएको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने सम्बन्धी व्यवस्था गरिएको छ । जसमा सांसद पद नरहेकोको अवस्थामा मन्त्री पद रिक्त हुने व्यवस्था रहेको छ ।