काठमाडौँ । सरकारले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो । निगमले शनिवार एक विज्ञप्ति जारी गरी आजै राति १२ बजेबाट लागू हुने जनाएको छ । भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्य सूची आएको निगमले जनाएको…