वाणिज्य विभागका ५२ जना कर्मचारीको कोरोना परिक्षण
काठमाडौँ । बजार अनुगमनमा संलग्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका ५२ जना कर्मचारीको कोभिड–१९ परीक्षण गरिएको छ ।अनुगमनका क्रममा संक्रमितको सम्पर्कमा आएको हुन सक्ने भएकाले केही कर्मचारीको कोभिड–१९ परीक्षण गराएको बताइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुबाट आफ्ना कर्मचारीको कोभिड–१९ परीक्षण गरिएको विभागले जानकारी दिएको छ ।
सम्पत्ती न्यूज
१ भाद्र २०७७, सोमबार