काठमाडौं । नेपाल सरकारले सचिवमा भर्खरै बढुवा गरेका कलकत्ताका लागि निवर्तमान नेपाली महावाणिज्यदूत एकनारायण अर्याललाई कलकत्ताबाट बिदाइ गरिएको छ । अर्यालले कलकत्तामा कार्यरत हुँदा उत्कृष्ट कूटनीतिज्ञको रुपमा काम गरेको भन्दै एक कूटनीतिक समारोहका बिच बिदाइ गरिएको हो । सरकारले अर्याललाई सचिवमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गर्ने निर्णय गरेपछि उहाँ महावाणिज्य दूतावासबाट बिदा हुनुभएको हो । अर्यालले…