March 16, 2020
काठमाडौं । भोलिदेखि लागू हुने गरी काठमाडौंस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा -डीभी_ र गैर–आवासीय भिसा अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ ।
नोबोल कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वव्यापी रूपमा फैलिएपछि त्यसको रोकथामका लागि यस्तो निर्ण लिनु परेको अमेरिकी दूतावासले जनाएको छ।
‘हामी जति सक्दो चाँडो नियमित भिसा सेवाहरू सुचारु गर्नेछौँ’, दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘तर अहिले कुनै खास मिति तोक्न भने सक्दैनौँ।’ यसअघि बुझाएको मेसिन रिडेबल भिसा (एमआरभी) शुल्क भने एक वर्षसम्मका लागि मान्य हुने दूतावासले जनाएको छ। ‘शुल्क बुझाएको एक वर्षभित्र जुन देशको लागि खरिद गरेको हो उक्त देशको लागि भिसा आवेदन दिनलाई प्रयोग गर्न सकिन्छ’, दूतावासले बताएको छ।
कुनै आपतकालीन अवस्था भए तत्काल दूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।
प्रकाशित मिति:March 16, 2020
April 7, 2025
April 9, 2025
April 7, 2025
April 9, 2025