भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते
काठमाडौँ– भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् । आन्ध्र प्रदेशको विजयनगरमा गएराति दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रेल दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका हुन् । दुई रेल ठोक्किएर दुर्घटना भएपछि…
सम्पत्ती न्यूज
१३ कार्तिक २०८०, सोमबार