भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

Nepal Cover
१३ कार्तिक २०८०, सोमबार
image

काठमाडौँ– भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

आन्ध्र प्रदेशको विजयनगरमा गएराति दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रेल दुर्घटनामा  घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका हुन् । दुई रेल ठोक्किएर दुर्घटना भएपछि धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ ।