तनहुँ बस दुर्घटनाः घाइतेहरुको अवस्था बुझ्न भारतकी राज्यमन्त्री नेपालमा
काठमाडौं । शुक्रबार तनहुँमा भएको बस दुर्घटनामा घाइतेभएका भारतिय नागरिकको अवस्था बुझ्न भारत सरकारले एक जना केन्द्रीय राज्य मन्त्रीलाई काठमाडौँ पठाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौँ आएकी छिन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगत्तै घाइतेहरुको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल गएकी छिन् ।
सम्पत्ती न्यूज
८ भाद्र २०८१, शनिबार