काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी फेसबुकले एकै पटक ११ हजार कर्मचारी कटौती गरेका छन् । कम्पनीले आर्थिक वर्षको तेस्रो त्रैमासमा आम्दानी घटेपछि कर्मचारी कटौती गरेको हो । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको प्यारेन्ट कम्पनीका रूपमा रहेको मेटाले १३ प्रतिशत कर्मचारी निकालेको हो । यसअघि, विश्वभर मेटाका ८७ हजार कर्मचारी थिए । यीमध्येबाट एकै पटक ११ हजार जनाले जागिर गुमाएको बीबीसीले जनाएको…