November 10, 2022
काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी फेसबुकले एकै पटक ११ हजार कर्मचारी कटौती गरेका छन् ।
कम्पनीले आर्थिक वर्षको तेस्रो त्रैमासमा आम्दानी घटेपछि कर्मचारी कटौती गरेको हो । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको प्यारेन्ट कम्पनीका रूपमा रहेको मेटाले १३ प्रतिशत कर्मचारी निकालेको हो ।
यसअघि, विश्वभर मेटाका ८७ हजार कर्मचारी थिए । यीमध्येबाट एकै पटक ११ हजार जनाले जागिर गुमाएको बीबीसीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले यति बेला मेटाको खराब समय चलिरहेको बताएका छन् ।
उनले कर्मचारी कटौती गर्नेक्रममा मेटाको इतिहासकै सबैभन्दा समस्याग्रस्त समय रहेको बताएका हुन् । यस्तै, जुकरबर्गले कम्पनीबाट निकालिएका सबै कर्मचारीसँग माफीसमेत मागेका छन् । कम्पनीले कर्मचारी निकालेसँगै थप लगानीमा जोड दिने जुकरबर्गले बताएका छन् ।
प्रकाशित मिति:November 10, 2022
November 23, 2024