ललिता निवास जग्गा विक्री प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेललाई जेल चलान भएका छन् । बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको सरकारी जग्गा प्रकरणका एकजना अभियुक्त पौडेललाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। आयोगले पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी मुद्दा चलाएको थियो। उनीविरुद्ध ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने माग पनि अख्तियारले…